शिक्षामा योगदान पुर्याउँदै आएका अविनाश मोहली ‘Laxmi Campus Ambassador–2083’ मा मनोनित

झापा। कचनकवल गाउँपालिका–३ निवासी युवा समाजसेवी तथा शिक्षाप्रेमी अविनाश मोहली १३औँ क्याम्पस सभा तथा ५ औँ अधिवेशन–२०८३ को अवसरमा Laxmi Campus Ambassador–2083 मा मनोनित भएका छन्।
मोहली विगत लामो समयदेखि माध्यमिक तहका विद्यार्थीहरूलाई निःशुल्क कक्षा सञ्चालन गर्दै शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा अतिरिक्त शैक्षिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूका लागि उनले सञ्चालन गरेको निःशुल्क कक्षा प्रशंसनीय मानिएको छ।
क्याम्पसको छवि, उपलब्धि तथा सकारात्मक सन्देशलाई विद्यार्थी र समुदायमाझ पुर्याउन सक्रिय भूमिका निर्वाह गर्दै आएका मोहलीको योगदानको कदर गर्दै क्याम्पसले उनलाई Laxmi Campus Ambassador–2083 को जिम्मेवारी प्रदान गरेको हो।
मनोनयनपछि मोहलीले आफूलाई यो जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण क्याम्पस परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। उनले यो जिम्मेवारीले आफूलाई थप ऊर्जा, हौसला र दायित्वबोध गराएको उल्लेख गर्दै आगामी दिनमा पनि क्याम्पसको विकास, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा सकारात्मक पहिचान विस्तारका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको यो मनोनयनलाई विद्यार्थी, शिक्षक तथा स्थानीयवासीले समेत शिक्षा क्षेत्रमा योगदान गर्ने युवाको सम्मानका रूपमा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
