SimranCloths Ads

बिर्तामोडमा क्यान्टिनमा आगलागी, ६५ वर्षीय वृद्धको मृत्यु

सिर्जन मिडिया
२०८३/०७/०५
View Updating
लाइभ: १२ पढ्दैछन्
बिर्तामोडमा क्यान्टिनमा आगलागी, ६५ वर्षीय वृद्धको मृत्यु
Medical Ads

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ। उनी गौरीगञ्ज गाउँपालिका–२ निवासी हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान करिब ४ः१० बजे ठूला सवारीसाधन मर्मत केन्द्रको क्यान्टिनमा आगलागी भएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्टका कारण आगलागी भएको आशंका गरिएको छ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ४ः३० बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। घटनामा भएको अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book