समाचार प्रकाशनपछि पत्रकार पक्राउ, कार्यालयमै पुगेर नियन्त्रणमा लिँदै प्रहरी

शिव हास्दा
झापा । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले उनीहरूकै कार्यालयबाट पक्राउ तथा नियन्त्रणमा लिन थालेको छ। बिचौलिया इनम सापकोटाको मोबाइलमा फेला परेको सम्पर्क विवरण र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि सरकारको दबाब बढेको विषयमा समाचार सार्वजनिक भएपछि पत्रकारमाथि प्रहरीको कारबाही सुरु भएको बताइएको छ।
यसैक्रममा प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ। त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई अनामनगरबाट पक्राउ गरिएको छ।
सञ्चारमाध्यमकै कार्यालयमा पुगेर पत्रकारलाई पक्राउ गर्न थालिएपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको विषयले थप चर्चा पाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


