SimranCloths Ads

‘हामी सन्थाल हौँ, सतार होइनौँ’ भन्दै सामाजिक अभियन्ता शिबु मुर्मुको आपत्ति

सिर्जन मिडिया
२०८३/०७/०६
५० Views
लाइभ: १२ पढ्दैछन्
‘हामी सन्थाल हौँ, सतार होइनौँ’ भन्दै सामाजिक अभियन्ता शिबु मुर्मुको आपत्ति
Medical Ads

झापा । सामाजिक अभियन्ता शिबु मुर्मुले सन्थाल समुदायलाई ‘सतार’ भनेर सम्बोधन गर्ने र सामाजिक सञ्जालमा समुदायको पहिचानलाई हास्यव्यङ्ग्य तथा ट्रोलको विषय बनाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।

मुर्मुले आफ्नो समुदायको वास्तविक पहिचान ‘सन्थाल’ रहेको स्पष्ट पार्दै ‘सतार’ शब्दको प्रयोग बन्द गर्नुपर्ने माग गरेका छन्। विभिन्न समुदायका व्यक्ति तथा सम्बन्धित पक्षलाई यसबारे पटक–पटक जानकारी गराउँदा पनि उक्त शब्दको प्रयोग नरोकिएको उनको गुनासो छ।

उनका अनुसार कुनै पनि समुदायको जातीय पहिचानलाई मजाकको विषय बनाउनु र सामाजिक सञ्जालमा ट्रोल गरेर मनोरञ्जन लिनु उचित होइन। यस्तो व्यवहारले समुदायको आत्मसम्मान र सामाजिक प्रतिष्ठामा असर पार्ने उनको धारणा छ।

‘हामी सन्थाल हौँ, सतार होइनौँ’ भन्दै मुर्मुले सन्थाल समुदायको सही पहिचान स्थापित गर्ने विषयमा सरकारको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। समुदायको मागबारे जानकारी हुँदाहुँदै पनि सरकारी कागजात तथा आधिकारिक अभिलेखमा प्रयोग हुँदै आएको शब्द सुधार गर्न किन पहल नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

मुर्मुका अनुसार विभिन्न लेखक तथा समुदायका जानकारहरूले पनि सरकारी अभिलेखमा रहेको ‘सतार’ शब्दको सट्टा समुदायको पहिचानअनुसार ‘सन्थाल’ शब्द प्रयोग गर्नुपर्ने माग गर्दै आएका छन्।

उनले सम्बन्धित सरकारी निकायलाई समुदायको मागप्रति गम्भीर बन्न, आधिकारिक कागजात तथा विवरणमा आवश्यक सुधार गर्न र सन्थाल समुदायको पहिचानलाई सम्मान गर्न आग्रह गरेका छन्।

सन्थाल समुदायको नामसम्बन्धी यो बहस केवल शब्द परिवर्तनमा सीमित नभई जातीय पहिचान, आत्मसम्मान र अधिकारसँग जोडिएको विषय भएको मुर्मुको भनाइ छ। समुदायलाई सही नामले सम्बोधन गर्ने र अपमानजनक अभिव्यक्ति तथा व्यवहार रोक्ने दिशामा सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको माग छ।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book