SimranCloths Ads

भुटानमा हिमताल फुटेर आकस्मिक बाढी, भारतमा १० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

सिर्जन मिडिया
२०८३/०७/१३
View Updating
लाइभ: १२ पढ्दैछन्
भुटानमा हिमताल फुटेर आकस्मिक बाढी, भारतमा १० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
Medical Ads

शिव हास्दा

भुटान। भुटानको शिन्थपु हिमताल फुटेर आएको आकस्मिक बाढीले गासा जिल्लाको छाछु तातोपानी क्षेत्रका संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण भारतको पश्चिम बंगाल र असमका नदी तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। पश्चिम बंगालको अलिपुरद्वार जिल्लाबाट १० हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

भुटानको राष्ट्रिय प्रसारण संस्था बीबीएसका अनुसार बाढीबाट मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन। बाढीले गासा छाछु क्षेत्रका पूर्वाधारसँगै पुनाखा–गासा राजमार्गको केही भागमा क्षति पुर्‍याएको छ। तातोपानी क्षेत्र जाने सडकसमेत बन्द गरिएको छ। बाढी आउनुअघि नै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको भुटानको राष्ट्रिय अखबार कुएनसेलले जनाएको छ।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book