बाह्रदशीमा दासाँय नाचअघि बेलबरन पूजा सम्पन्न -सिर्जन मिडिया डटकम

-शिबु मुर्मु
बाह्रदशी, झापा। झापाको बाह्रदशी गाउँपालिका–०५, घोडामारामा दासाँय नाच हिँड्नुअघि परम्परागत रूपमा बेलबरन पूजा गरिएको छ। सन्थाल समुदायको सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको यस पूजामा गुरु र चेलाहरू भेला भएर विधिपूर्वक पूजा गर्ने चलन रहेको छ।
गुरुबाबा साइला मुर्मुका अनुसार बेलबरन पूजामा सिरमुनी (दुर्गामाता), तुल्सीमुनी (प्रेयादेबी) लगायतका मुख्य देउताहरूको पूजा–आराधना गरिन्छ। समुदायको परम्परा, आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको यस पूजालाई दासाँय नाचको महत्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा लिइन्छ।
दासाँय नाच सन्थाल समुदायको मौलिक सांस्कृतिक परम्परामध्ये एक हो। नाच सुरु गर्नुअघि गरिने बेलबरन पूजाले धार्मिक आस्था र पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


