हल्दिबारीमा ३ वर्ष २ महिना कार्यरत प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनलाई बिदाइ

हल्दिबारी, झापा । हल्दिबारी गाउँपालिकामा ३ वर्ष २ महिना प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत मानबहादुर वन ‘महेन्द्र’ लाई उच्च सम्मानका साथ बिदाइ गरिएको छ।
बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी, विभिन्न विद्यालय, संघ–संस्था र सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले वनको कार्यकालमा गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह, विकास निर्माण तथा संस्थागत गतिविधिमा उल्लेखनीय कार्यसम्पादन भएको बताएका थिए। साथै जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ–संस्थाबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको थियो।
वनले ३ वर्ष २ महिनाको कार्यकालमा हल्दिबारीको विकास, सुशासन र समृद्धिका लागि पुर्याएको योगदान तथा सहकार्यको उच्च प्रशंसा गर्दै सहभागीहरूले उहाँप्रति आभार व्यक्त गरेका थिए।
बिदाइ कार्यक्रममा उहाँको आगामी जिम्मेवारी तथा यात्राका लागि हार्दिक बधाई र सफलताको शुभकामना व्यक्त गरिएको छ। सहभागीहरूले आगामी दिनहरू अझ सुखद, सफल र स्वर्णिम बनून् भन्ने कामना समेत गरेका छन्।
बिदाइ कार्यक्षेत्रको भए पनि उहाँले हल्दिबारीको विकास र प्रशासनिक क्षेत्रमा पुर्याउनुभएको योगदान भने सधैँ स्मरणीय रहने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


