SimranCloths Ads

झापामा सन्थाल जातिका खेलाडीलाई लक्षित गर्दै जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

सिर्जन मिडिया
२०८३/०७/०७
५० Views
लाइभ: १२ पढ्दैछन्
झापामा सन्थाल जातिका खेलाडीलाई लक्षित गर्दै जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने
Medical Ads

झापा । झापाको कनकाई-०९, घैलाडुब्बामा सन्थाल जातिका फुटबल खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

मार्साल ११ सन्थाल फुटबल क्लब, घैलाडुब्बाले आगामी कात्तिक १४ गतेदेखि श्री आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ। जिल्लाभित्र रहेका सन्थाल समुदायका प्रतिभाशाली खेलाडीहरूलाई फुटबल क्षेत्रबाट अघि बढाउने तथा खेलकुदप्रति थप आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितामा सन्थाल जातिका खेलाडीहरूलाई मात्र सहभागी गराइनेछ। प्रत्येक टोलीमा ११/११ जना खेलाडी रहनेछन् भने खेलाडीहरूले अनिवार्य रूपमा जर्सी र बुट लगाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले ४५०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ। कात्तिक ५ गतेभित्र आयोजक समितिमा टोली दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको पहिलो पुरस्कार ५१ हजार रुपैयाँ र दोस्रो पुरस्कार ३१ हजार रुपैयाँ साथै प्रमाणपत्र, मेडल र ट्रफी रहेको आयोजक गोपिन सोरेनले जनाएको छ । खेल अवधिमा हुने चोटपटक तथा अन्य जोखिमको जिम्मेवारी खेलाडी स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ। जसमा जम्मा ८ ओटा खेल टोली रहनेछन् ।

यस प्रतियोगिताले सन्थाल समुदायका खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदमार्फत समुदायमा एकता, सहकार्य र आपसी सद्भाव बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताबारे थप जानकारी तथा टोली दर्ताका लागि आयोजकले सम्पर्क गर्न आग्रह गरेको छ।

आयोजक: मार्साल ११ सन्थाल फुटबल क्लब, घैलाडुब्बा, झापा।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book