हल्दीबारीकी सन्थाल चेली सुशिला हस्दा ‘कोशी सिङ्गिङ एन्ड डान्सिङ स्टार’को अर्को राउन्डमा

झापा । हल्दीबारीकी सन्थाल समुदायकी प्रतिभाशाली गायिका सुशिला हस्दा चर्चित सांगीतिक प्रतियोगिता ‘कोशी सिङ्गिङ एन्ड डान्सिङ स्टार’ Season 4 (२०२६) को अर्को राउन्डमा प्रवेश गर्न सफल भएकी छन्।
प्रतियोगितामा उत्कृष्ट गायन प्रस्तुति दिँदै सुशिलाले निर्णायक तथा दर्शकको मन जित्न सफल भएकी हुन् । उनको यो सफलतासँगै हल्दीबारी तथा सन्थाल समुदायमा खुसी र उत्साह छाएको छ।
सन्थाल समुदायबाट प्रतिनिधित्व गर्दै सांगीतिक क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरिरहेकी सुशिलाको सफलतालाई स्थानीयले गर्वका रूपमा लिएका छन्। स्थानीय प्रतिभालाई ठूलो मञ्चमा स्थापित गराउने उनको प्रयासले नयाँ पुस्ताका कलाकारलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
सुशिलाको आगामी सांगीतिक यात्रा अझ सफल रहोस् र प्रतियोगिताको उपाधि जित्दै हल्दीबारी तथा सन्थाल समुदायको नाम राष्ट्रियस्तरमा अझ उच्च बनाउन सफल होऊन् भन्ने शुभकामना व्यक्त गरिएको छ।
सुशिला हस्दालाई आगामी चरणका लागि हार्दिक बधाई तथा सफलताको शुभकामना।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


