विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन, पर्वतारोहण जगत शोकमा

-सविता मर्डी
झापा, १६ साउन — विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ। पाकिस्तानको ब्रड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको निधन भएको जानकारी उनले स्थापना गरेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको हो ।
हिमपहिरोमा पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली रहेका थिए भने शुक्रबारसम्म ४ जनाको शव फेला परेको जनाइएको छ। अन्य बेपत्ताको खोजी कार्य भने मौसम र कठिन भूगोलका कारण चुनौतीपूर्ण बनेको छ ।
निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा ‘निम्स दाई’का नामले परिचित थिए। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । साथै, के–टुको पहिलो शीतकालीन सफल आरोहणमा समेत उनको महत्वपूर्ण नेतृत्व रहेको थियो।
उनको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ। साहस, नेतृत्व र असम्भवलाई सम्भव बनाउने प्रेरणाका रूपमा चिनिएका निर्मल पुर्जाको योगदान सदैव स्मरणीय रहनेछ। जनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
