गौरीगञ्जमा ओल चिकी लिपिको तेस्रो साताको कक्षा सम्पन्न

सिर्जन मिडिया
२०८३/०५/०७
View Updating
लाइभ: १२ पढ्दैछन्
गौरीगञ्जमा ओल चिकी लिपिको तेस्रो साताको कक्षा सम्पन्न

झापा । गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीस्थित श्री बाल कल्याण माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको सन्थाली ‘ओल चिकी’ लिपिसम्बन्धी विशेष कक्षाको तेस्रो साताको कक्षा आज सम्पन्न भएको छ।

सन्थाली भाषा तथा ओल चिकी लिपिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ यसको ज्ञान विस्तार गर्ने उद्देश्यले सञ्चालन भइरहेको कक्षामा ५० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको छ। 🙏

कक्षामा आसपासका क्षेत्रका सन्थाल विद्यार्थी तथा दाजुभाइ–दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको छ। सहभागीहरूले ओल चिकी लिपि सिक्न र यसको प्रयोगलाई निरन्तरता दिन विशेष चासो देखाएका छन्।

तालिम सहजकर्ता श्याम हेमरमले सहभागीहरूको उत्साहजनक उपस्थितिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कक्षा निरन्तर सञ्चालन गर्न सहभागीहरूले आग्रह गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार सहभागीहरूको उल्लेख्य उपस्थितिले सन्थाली भाषा र ओल चिकी लिपिप्रति समुदायमा चासो बढ्दै गएको देखाएको छ।

" भाषा बचाऔँ, लिपि बचाऔँ, संस्कृति बचाऔँ।"

🌿 आफ्नो भाषा, लिपि, संस्कृति र पहिचानको संरक्षणका लागि सबैको सहभागिता आवश्यक छ। ❤

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्