सन्थाली डान्स आइडल–सिजन १’ को पहिलो अडिसनका लागि दर्ता खुला-सिर्जन मिडिया डटकम

दमक, झापा । सन्थाली कला, संस्कृति र नृत्य प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘SANTHALI DANCE IDOL – SEASON 1’ आयोजना हुने भएको छ। Home Dance Studio, दमक, झापाको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो अडिसन अनलाइनमार्फत हुने आयोजकले जनाएको छ ।
इच्छुक प्रतियोगीहरूले घरबाटै नृत्यको भिडियो तयार गरी पठाएर पहिलो अडिसनमा सहभागी हुन सक्नेछन् । दर्ताको अन्तिम मिति २०८३/०६/३१ तोकिएको छ।
प्रतियोगिताका नियमहरू
१. प्रतियोगीहरू सन्थाली समुदायको हुनुपर्नेछ।
२. प्रतियोगीहरूले सन्थाली भाषाका गीत/संगीत मात्र प्रयोग गर्नुपर्नेछ।
३. भिडियो बनाउँदा मोबाइललाई Horizontal (तेर्सो) रूपमा राख्नुपर्नेछ।
४. अडिसनका लागि तयार गरिएको भिडियो कम्तीमा १ मिनेट ३० सेकेन्डको हुनुपर्नेछ।
५. भिडियोमा प्रस्तुत गरिने नृत्य तथा प्रस्तुति प्रतियोगिताको प्रकृति र उद्देश्यअनुकूल हुनुपर्नेछ।
६. प्रतियोगीहरूले भिडियो तोकिएको समयभित्र अनिवार्य रूपमा पठाउनुपर्नेछ।
७. तोकिएको समयपछि प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैनन्।
८. प्रतियोगितामा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। निर्णायकको निर्णयप्रति कुनै प्रकारको दाबी वा विवाद मान्य हुने छैन।
९. नियम तथा विनियम उल्लङ्घन गरेको पाइएमा सम्बन्धित प्रतियोगीलाई प्रतियोगिताबाट स्वतः निष्कासन गर्न सकिनेछ।
🏆 पुरस्कार तथा सम्मान
आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरूका लागि आकर्षक नगद पुरस्कारसहित ट्रफी तथा मेडलको व्यवस्था गरिएको छ।
🥇 Winner: रु. २५,००० + Trophy + Medal
🥈 1st Runner Up: रु. १०,००० + Trophy + Medal
🥉 2nd Runner Up: रु. ५,००० + Trophy + Medal
🏅 3rd Runner Up: रु. २,००० + Trophy + Medal
🏅 4th Runner Up: रु. २,००० + Trophy + Medal
❤️ Public Choice: रु. ३,००० + Trophy + Medal
त्यसैगरी, सबै Finalists लाई Token of Love तथा Certificate of Appreciation प्रदान गरिने आयोजकले जनाएको छ।
📅 दर्ताको अन्तिम मिति : २०८३/०६/३१
📞 सम्पर्क
Home Dance Studio: +977 981-4902434
सम्पर्क व्यक्ति: जिदन मर्डी
सन्थाली समुदायको कला, संस्कृति, पहिचान र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन आयोजकले इच्छुक सबैलाई आह्वान गरेको छ।
आयोजक: 🏆 Home Dance Studio, दमक, झापा
मिडिया पार्टनर: 📺 Sirjan Media
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


