SimranCloths Ads

वृहत सन्थाल जागरण, विद्यार्थी वृहत सन्थाल जागरण, विद्यार्थी प्रोत्साहन तथा आँखा शिविर आयोजना हुँदै सिर्जन मिडिया डटकम

सिर्जन मिडिया
२०८३/०६/१९
View Updating
लाइभ: १२ पढ्दैछन्
वृहत सन्थाल जागरण, विद्यार्थी वृहत सन्थाल जागरण, विद्यार्थी प्रोत्साहन तथा आँखा शिविर आयोजना हुँदै सिर्जन मिडिया डटकम
Medical Ads

शिव हास्दा

कुवाडी । झापाको झापा गाउँपालिका–२, कुवाडिमा वृहत सन्थाल जागरण तथा विद्यार्थी प्रोत्साहन कार्यक्रमसँगै निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ।

कुवाडिदेवी माध्यमिक विद्यालयको परिसरमा २०८३ साल असोज २४ गते बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम कुवाडि आतु माँझीको आयोजनामा हुन लागेको हो।

कार्यक्रममा सन्थाल समुदायको जागरण, शिक्षा तथा सामाजिक विकाससँग सम्बन्धित गतिविधिसँगै विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। साथै, सर्वसाधारणका लागि आँखा परीक्षण तथा स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले आँखा शिविरसमेत सञ्चालन गरिनेछ।

आयोजकले कार्यक्रममा स्थानीय सन्थाल समुदाय, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शुभेच्छुकहरूलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

कार्यक्रम विवरण:

📅 मिति: २०८३।०६।२४

⏰ समय: बिहान ११:०० बजे

📍 स्थान: कुवाडिदेवी माध्यमिक विद्यालय, झापा गाउँपालिका–२, कुवाडि

👥 आयोजक: कुवाडि आतु माँझी

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book