विर्तामोडका समाजसेवी श्याम मुर्मुको निधन - सिर्जन मिडिया डटकम

विर्तामोड, झापा। विर्तामोड नगरपालिका–३, विर्ताबजारका समाजसेवी, विर्तामोड माँझीथानका प्रमुख सल्लाहकार तथा मुर्मु क्याट्रिङ तथा टेन्टका सञ्चालक ५३ वर्षको उमेरमा श्याम मुर्मुको निधन भएको छ।
प्राप्त जानकारीअनुसार, २०८३ कार्तिक ५ गते सामान्य ज्वरोबाट स्वास्थ्य समस्या सुरु भएपछि मुर्मुलाई विर्तामोड नगर अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई विर्तामोडस्थित बी एन्ड सी अस्पतालमा लगिएको थियो।
अस्पतालमा परीक्षण तथा उपचारका क्रममा निमोनिया, टाइफाइड र टाउकोमा रगत जमेको समस्या देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारले उनलाई घर लैजाने निर्णय गरेको थियो।
परिवारले घर ल्याएको करिब १० मिनेटमै मुर्मुको निधन भएको बताइएको छ।
समाजसेवामा सक्रिय रहँदै आएका तथा विर्तामोड माँझीथानसँग आबद्ध मुर्मुको निधनले परिवार, आफन्त, शुभेच्छुक तथा स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
यस दुःखद घडीमा दिवंगत श्याम मुर्मुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
भावपूर्ण श्रद्धाञ्जली!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


