SimranCloths Ads

सारा सन्थाली कलेक्सनको दशैं बम्पर अफरका विजेतालाई पुरस्कार वितरण

सिर्जन मिडिया
२०८३/०७/०८
View Updating
लाइभ: १२ पढ्दैछन्
सारा सन्थाली कलेक्सनको दशैं बम्पर अफरका विजेतालाई पुरस्कार वितरण
Medical Ads

चैतुबारी । झापाको बिर्तामोड नगरपालिका–२, चैतुबारीस्थित सारा सन्थाली कलेक्सनले दशैंको अवसरमा सञ्चालन गरेको बम्पर अफरका विजेतालाई पुरस्कार वितरण गरेको छ।

कलेक्सनले २०८३ कार्तिक ३ गते लक्की ड्रमार्फत तीन जना भाग्यशाली विजेता छनोट गरी घोषणा गरेको थियो। उक्त लक्की ड्र लाइभमार्फत कुपन छनोट गरेर सञ्चालन गरिएको थियो।

लक्की ड्रमा पहिलो विजेताका रूपमा सिर्जन मिडिया प्रा.लि. (बिर्तामोड) ले रु. ५ हजार पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी, दोस्रो विजेता हल्दिबारीकी एलिशा हेमरमले रु. २ हजार प्राप्त गरेकी छन्।

त्यस्तै, तेस्रो विजेता कनकाई नगरपालिका–९, झापाकी सविना मुर्मुले साडी तथा पाञ्ची कपडा पुरस्कारस्वरूप प्राप्त गरेकी छन्।

दशैंको अवसरमा ग्राहकलाई आकर्षित गर्नुका साथै खरिदमा थप उत्साह प्रदान गर्ने उद्देश्यले सारा सन्थाली कलेक्सनले उक्त बम्पर अफर सञ्चालन गरेको थियो। रु. २ हजारभन्दा बढीको सन्थाली पोशाक तथा कस्मेटिक सामग्री खरिद गर्ने ग्राहकलाई लक्की ड्र कुपन प्रदान गरिएको थियो।

कलेक्सनले यस योजनामा सहभागी सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै विजेताहरूलाई बधाई तथा शुभकामना दिएको छ।

सारा सन्थाली कलेक्सनमा विभिन्न प्रकारका सन्थाली पोशाक तथा कस्मेटिक सामग्री उपलब्ध हुनुका साथै अनलाइन डेलिभरीको सुविधा पनि रहेको छ।

सम्पर्क: ९८२४०५२४५४, ९८१५९६४४४८

स्थान: सारा सन्थाली कलेक्सन, बिर्तामोड–२, चैतुबारी, झापा।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book