झापाका डिजे सञ्चालकलाई मर्यादित ध्वनि प्रयोग गर्न आग्रह, नियम उल्लङ्घन गरे कारबाही हुने चेतावनी

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका सम्पूर्ण डिजे सञ्चालक तथा व्यवसायीलाई चर्को आवाजमा डिजे नबजाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी (CDO) झापाले जारी गरेको सूचनामार्फत धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सामाजिक सद्भाव कायम राख्न र अन्य धर्म तथा सम्प्रदायको आस्थाको सम्मान गर्न अनुरोध गरिएको हो।
जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी सूचनामा मूर्ति विसर्जन तथा अन्य धार्मिक एवं सांस्कृतिक अनुष्ठान सञ्चालन गर्दा अन्य धर्म, सम्प्रदाय र समुदायको आस्था तथा धार्मिक–सांस्कृतिक भावनाको उच्च सम्मान गर्न भनिएको छ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रमका क्रममा अत्यधिक चर्को ध्वनि प्रयोग गर्दा समाजमा नकारात्मक असर पर्न सक्ने भएकाले ध्वनि सन्तुलित, मर्यादित र सामाजिक भावना अनुकूल हुने गरी मात्र डिजे प्रयोग गर्न तथा गराउन सूचनामार्फत आग्रह गरिएको छ।
सूचनामा सबै धर्म, सम्प्रदाय र समुदायबीच आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिइएको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा अरूको आस्था र भावनामा असर नपर्ने गरी जिम्मेवार व्यवहार गर्नसमेत डिजे व्यवसायीलाई अनुरोध गरिएको छ।
त्यसैगरी, सूचनाविपरीत चर्को आवाजमा डिजे बजाएको वा धार्मिक तथा सांस्कृतिक सद्भावमा असर पुग्ने गतिविधि गरेको पाइएमा सम्बन्धित डिजे सञ्चालक तथा स्वामित्वकर्तालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय झापाले सबै डिजे व्यवसायीलाई सूचनाको पालना गर्दै जिम्मेवार ढङ्गले सेवा सञ्चालन गर्न तथा जिल्लामा शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
झापा । झापा जिल्लाका सम्पूर्ण डिजे सञ्चालक तथा सञ्चालकहरूलाई चर्को आवाजमा डिजे नबजाउन र धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ।
सम्बन्धित निकायले जारी गरेको सूचनामा मूर्ति विसर्जन तथा अन्य धार्मिक एवं सांस्कृतिक अनुष्ठानहरू सञ्चालन गर्दा अन्य धर्म, सम्प्रदाय र समुदायको आस्था तथा धार्मिक–सांस्कृतिक भावनाको उच्च सम्मान गर्न अनुरोध गरिएको छ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रमका नाममा अत्यधिक चर्को ध्वनि प्रयोग गर्दा समाजमा नकारात्मक असर पर्न सक्ने भएकाले ध्वनि सन्तुलित, मर्यादित र सामाजिक भावना अनुकूल हुने गरी मात्र डिजे प्रयोग गर्न तथा गराउन आग्रह गरिएको हो।
सूचनामा सामाजिक सद्भावलाई केन्द्रमा राख्दै सबै धर्म, सम्प्रदाय र समुदायबीच आपसी सम्मान तथा सहिष्णुता कायम गर्नुपर्नेमा जोड दिइएको छ।
साथै, निर्देशनविपरीत चर्को आवाजमा डिजे बजाएको वा धार्मिक तथा सांस्कृतिक सद्भावमा असर पुग्ने गतिविधि गरेको पाइएमा सम्बन्धित डिजे सञ्चालक तथा त्यसका स्वामीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको जनाइएको छ।
सम्बन्धित निकायले झापाका सम्पूर्ण डिजे व्यवसायीलाई नियमको पालना गर्दै जिम्मेवार ढङ्गले सेवा सञ्चालन गर्न र जिल्लामा शान्ति, सुव्यवस्था तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


