SimranCloths Ads

मलेसियामा तेस्रो सन्थाल सांस्कृतिक नाच तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सिर्जन मिडिया
२०८३/०७/०१
View Updating
लाइभ: १२ पढ्दैछन्
मलेसियामा तेस्रो सन्थाल सांस्कृतिक नाच तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
Medical Ads

मलेसिया । नेपाल सन्थाल समाज कोष मलेसियाको आयोजनामा वडा दशैंको अवसरमा आयोजित तेस्रो सन्थाल सांस्कृतिक नाच तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

आइतबार (अक्टोबर १८, २०२६) मलेसियाको केलिस्सी गार्डेन मैदानमा आयोजित कार्यक्रममा सन्थाल समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सन्थाल समुदायको मौलिक कला, संस्कृति, परम्परा तथा सांस्कृतिक नृत्यलाई प्राथमिकता दिँदै वडा दशैंको शुभकामना आदानप्रदान गरिएको थियो। यस्ता कार्यक्रमले विदेशमा रहेका सन्थाल समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

नेपाल सन्थाल समाज कोष मलेसियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागी हुने सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूप्रति आभार व्यक्त गरेको छ।

📍 आयोजक: नेपाल सन्थाल समाज कोष, मलेसिया

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book