झापामा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु, बाह्रदशी शोकमा

अनिता हास्दा
बाह्रदशी, झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय झप्टु राजवंशी र ७० वर्षीया लजमा खातुन रहेका छन्।
प्राप्त विवरणअनुसार, बाह्रदशी गाउँपालिका–२ स्थित जनता बजारमा जङ्गली हात्तीले कुल्चिँदा लजमा खातुनको घटनास्थलमै मृत्यु भएको थियो।
त्यस्तै, सोही गाउँपालिकाको चैतनियाबारीस्थित बिरिङ खोलामा जङ्गली हात्तीको आक्रमणबाट झप्टु राजवंशी घाइते भएका थिए। उनलाई उपचारका लागि स्पाइन एक्स अस्पताल लगिएको थियो। पछिल्लो जानकारीअनुसार, राजवंशीको पनि मृत्यु भएको छ।
यस घटनाले बाह्रदशी गाउँपालिका–२ शोकमा डुबेको छ। जङ्गली हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको ज्यान गएपछि हात्ती प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षाबारे चिन्ता बढेको छ।
दिवंगत झप्टु राजवंशी र लजमा खातुनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
दिवंगत आत्माको चिरशान्तिको कामना। भावपूर्ण श्रद्धाञ्जली!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


