झापा गाउँपालिकामा लागूऔषधविरुद्ध JAAN अभियानअन्तर्गत पोस्टर अभियान सम्पन्न

झापा, असोज २८। लागूऔषध दुर्व्यसन नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले झापा गाउँपालिकामा लागूऔषधविरुद्धको अभियान Jhapa Action Against Narcotics (JAAN)–२०८३ अन्तर्गत पोस्टर अभियान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको समन्वय तथा झापा गाउँपालिकाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल प्रमुख अतिथि रहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुधरा खड्का र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, झापाका प्रमुख सचिन कर्माचार्य विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा प्रहरी उपरीक्षक खड्काले गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलियालाई अभियानसम्बन्धी पोस्टर हस्तान्तरण गर्दै पोस्टर अभियानको शुभारम्भ गरेकी थिइन्।
कार्यक्रममा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, प्रहरी अधिकृत, सञ्चारकर्मी तथा शैक्षिक संस्थाका प्रमुखसहित ६८ जनाको सहभागिता रहेको थियो।
यस अभियानले लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न तथा समुदायस्तरमा जनचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


