SimranCloths Ads

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा, मन्त्रालयबाट आँसु झार्दै बाहिरिइन्

सिर्जन मिडिया
२०८३/०५/२५
View Updating
लाइभ: १२ पढ्दैछन्
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा, मन्त्रालयबाट आँसु झार्दै बाहिरिइन्
Medical Ads

शिव हास्दा

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। राजीनामा दिएपछि उनी मन्त्रालयबाट बाहिरिने क्रममा भावुक देखिएकी थिइन्।

इन्धन आपूर्ति व्यवस्थापनमा समस्या देखिएको तथा उद्योगीप्रति दिएको विवादास्पद अभिव्यक्तिका कारण मन्त्री यादव पछिल्लो समय आलोचनामा परेकी थिइन्।

राजीनामापछि मन्त्रालयबाट बाहिरिँदा यादवको आँखामा आँसु देखिएको बताइएको छ। उनले सञ्चारकर्मीका प्रश्नको जवाफ भने दिइनन्।

यसअघि तत्कालीन श्रममन्त्री दीपक साहले राजीनामा दिएपछि रिक्त भएको जिम्मेवारीमा मन्त्रालय हेरफेर गर्दै यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book