SimranCloths Ads

झापामा चार लाखभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र

सिर्जन मिडिया
२०८३/०७/१३
View Updating
लाइभ: १२ पढ्दैछन्
झापामा चार लाखभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र
Medical Ads

शिव हास्दा

झापा। झापामा हालसम्म चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय झापाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

कार्यालयका अनुसार जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन आठ लाख ६४ हजार ८१६ जनाले विवरण दर्ता गराएका छन्। तीमध्ये पाँच लाख ५३ हजार ५४८ जनाको परिचयपत्र केन्द्रबाट प्राप्त भइसकेको छ। तर, प्राप्त भएकामध्ये एक लाख एक हजार ८४४ वटा कार्ड अझै वितरण हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए।

झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर तथा इलाका प्रशासन कार्यालय गौरीगन्ज र दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र कार्ड वितरण भइरहेको छ।

रायमाझीका अनुसार मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका तथा काम विशेषले जिल्ला बाहिर रहेका व्यक्तिका कार्ड वितरण हुन सकेका छैनन्। राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यवस्था रहेको उनले बताए।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book