SimranCloths Ads

चक्रवात ‘अर्नब’को प्रभाव अझै कायमै, आगामी ३० घण्टा सतर्क रहन मौसमविद्को आग्रह

सिर्जन मिडिया
२०८३/०७/१३
View Updating
लाइभ: १२ पढ्दैछन्
चक्रवात ‘अर्नब’को प्रभाव अझै कायमै, आगामी ३० घण्टा सतर्क रहन मौसमविद्को आग्रह
Medical Ads

शिव हास्दा

झापा । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषको प्रभावले देशभरको मौसम प्रभावित बनेको छ। देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि (कात्तिक १३ र १४ गते) देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

विशेषगरी कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आगामी ३० घण्टा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। उनका अनुसार चक्रवातको बाँकी न्यूनचापीय प्रणाली नेपाल नजिकिँदै गर्दा केही समय भारी वर्षा हुन सक्ने सम्भावना छ।

विशेषगरी नदी किनारमा बसोबास गर्ने तथा हिमाली क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

यस्तै, विभागका अर्का सहप्राध्यापक डा. मदन सिग्देलले आज बेलुकादेखि भोलि बिहानसम्म लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी क्षेत्रसँगै बागमती, मधेस र कोसी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुन सक्ने बताएका छन्।

उनका अनुसार शनिबार बेलुकादेखि भने वर्षा रोकिने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले पनि भोलि अपराह्नदेखि चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ।

सम्भावित वर्षा, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book