इरानी आक्रमणमा कुवेतमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ।

शिव हास्दा
झापा । इरानबाट भएको आक्रमणमा परी कुवेतमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार मृतक उत्तरी कुवेतमा चालक (ड्राइभर) का रूपमा कार्यरत थिए। घटनापछि मृतकको पहिचान तथा अन्य आवश्यक विवरण संकलन गर्न कुवेतस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको छ।
नेपाल सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन दूतावासमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले कुवेतमा रहेका नेपाली नागरिकलाई सतर्क रहन, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न तथा आवश्यक परे नेपाली दूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ।
यस घटनासम्बन्धी थप विवरण प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
