कुवाडीमा ओल–चिकी प्रशिक्षणका सहभागीलाई ‘सन्थाली वर्णमाला’ पुस्तक सहयोग - सिर्जन मिडिया डटकम

झापा कुवाडी । झापा गाउँपालिका–२, कुवाडीमा सञ्चालन भइरहेको ओल–चिकी लिपि प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई ‘सन्थाली वर्णमाला’ पुस्तक सहयोग गरिने भएको छ।
वैदेशिक रोजगारीका क्रममा रहेका झापा गाउँपालिका–२, सुगाबाथान स्थायी निवासी साइला टुडु, सुनिराम हाँस्दा र बाबुलाल हाँस्दाले प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई अध्ययनका लागि ‘सन्थाली वर्णमाला’ पुस्तक उपलब्ध गराउने भएका हुन् ।
सन्थाली भाषा तथा ओल–चिकी लिपिको अध्ययन र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय स्तरबाट गरिएको यो सहयोगले प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई थप अध्ययन सामग्री उपलब्ध हुने अपेक्षा गरिएको छ।
ओल–चिकी लिपिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ यसको पहुँच विस्तार गर्न यस्ता सहयोग महत्वपूर्ण हुने आयोजकको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


