बाराको सिमराबाट ११ वर्षीया बालिका बेपत्ता, प्रहरीले खोजी तीव्र पार्यो

शिव हास्दा
जीतपुर सिमरा उपमहानगरपालिका–६ निवासी ११ वर्षीया सनाया खातुन सिमरा क्षेत्रबाट बेपत्ता भएकी छन्।
बालिका बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएकी छन्। परिवारका अनुसार सनाया सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई जानकारी गराइएको हो।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टका अनुसार बालिका बेपत्ता भएको सम्बन्धमा मंगलबार मध्यान्ह प्रहरीमा निवेदन परेको हो। निवेदन प्राप्त भएपछि प्रहरीले तत्कालै खोजी तथा अनुसन्धानको काम अघि बढाएको जनाएको छ।
प्रहरीले बालिकाको सम्भावित स्थान तथा सम्पर्कमा रहेका व्यक्तिहरूबारे जानकारी संकलन गर्दै खोजी कार्य अघि बढाइरहेको छ। बालिकाको अवस्था र उनी कहाँ गएको भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
प्रहरीले बालिकासँग सम्बन्धित कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराउन आग्रह गरेको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
