भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज पनि वर्षाको सम्भावना, उद्धारमा चुनौती

सिर्जन मिडिया
२०८३/०५/१४
View Updating
लाइभ: १२ पढ्दैछन्
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज पनि वर्षाको सम्भावना, उद्धारमा चुनौती

शिव हास्दा

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले खोज तथा उद्धार कार्यमा थप चुनौती देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले नै बदली भइरहेको छ। दिउँसोपछि यी जिल्लाका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

विभागका मौसमविद् डेविट ढकालका अनुसार अपराह्न ४ बजेपछि भने मौसम केही खुल्ने सम्भावना रहेकाले खोज तथा उद्धारका लागि अवस्था तुलनात्मक रूपमा अनुकूल हुनसक्नेछ।

विभागले आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा समेत केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।

यसैबीच, विज्ञहरूले भोटेकोशी र त्रिशूली नदी आसपासमा बाढीको जोखिम अझै कायम रहेको भन्दै थप वर्षाले राहत तथा उद्धार कार्य प्रभावित हुनसक्ने चेतावनी दिएका छन्। माथिल्लो क्षेत्रमा बनेका हिमताल फुट्ने जोखिमसमेत रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य जनशक्तिलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्