रंगेली–४ आमतोलामा ‘छाता पूजा आर मेला’ आयोजना हुँदै

शिव हास्दा
मोरङ । रंगेली नगरपालिका–४, आमतोलामा सन्थाल समुदायको परम्परागत तथा सांस्कृतिक पर्व ‘छाता पूजा आर मेला’ आयोजना हुने भएको छ।
‘छाता पूजा आर मेला’ मूल समितिले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल भदौ २७ गते शनिबार (१२ सेप्टेम्बर २०२६) आमतोलामा उक्त मेला आयोजना गर्न लागिएको हो। कार्यक्रम दिउँसो १२ः३० बजे सुरु हुने आयोजकले जनाएको छ।
सन्थाल समुदायको मौलिक परम्परा, सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको छाता पूजा तथा मेलालाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सूचनामा उल्लेख छ। मेलामा सन्थाल समुदायका परम्परागत सांस्कृतिक गतिविधि, पूजा तथा विभिन्न कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रममा परम्परागत नृत्य, सांस्कृतिक प्रस्तुति तथा सन्थाल समुदायको मौलिक परम्परासँग सम्बन्धित गतिविधि समेत रहनेछन्। सूचनामा सहभागी हुने टोलीका लागि पुरस्कारको समेत व्यवस्था गरिएको उल्लेख छ।
‘छाता पूजा आर मेला’ मूल समितिका संयोजक परमेश्वर मुर्मू, उपाध्यक्ष बुधराम मुर्मू र युवा संयोजक देवेश मुर्मू रहेका छन्।
आयोजक समितिले सन्थाल समुदाय तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउन आग्रह गरेको छ।
मिति: २०८३ भदौ २७ गते, शनिबार
स्थान: रंगेली–८, आमतोला, मोरङ
समय: दिउँसो १२ः३० बजे
आयोजक: ‘छाता पूजा आर मेला’ मूल समिति २०८३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
