मोटरसाइकलको ठक्करबाट अर्जुनधारामा ६२ वर्षीय पैदलयात्रीको मृत्यु

शिव हास्दा
झापा — अर्जुनधारा नगरपालिका–९ बाह्रघरेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिश्चरे–जयपुर भित्री पक्की सडकमा गएराति जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नम्बरको पल्सर मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक इलामको सूर्योदय नगरपालिका–११ का २८ वर्षीय रुपेश राईलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
