हल्दीबारीमा मोटरसाइकल दुर्घटना, एक जना गम्भीर घाइते

झापाको हल्दीबारी गाउँपालिका–४ स्थित मङ्गलबारे बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा पुरानो मङ्गलबारेका स्थानीय सन्जीत शाह घाइते भएका हुन्। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। शाहको बिर्तामोडस्थित बीएनसी मेडिकल कलेजमा उपचार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले क्रमशः सुधारोन्मुख रहेको छ।
स्थानीयका अनुसार शाहले मोटरसाइकल चलाउँदा हेल्मेट प्रयोग गरेका थिएनन्। तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ।
दुर्घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि अस्पताल पुर्याएका थिए।
घटनाले बजार तथा बाक्लो बस्ती क्षेत्रमा सवारी साधन चलाउँदा गति नियन्त्रण र हेल्मेटको प्रयोग कति महत्वपूर्ण छ भन्ने पुनः देखाएको छ। सवारी चालकले ट्राफिक नियम पालना गर्दै आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
