कचनकवलमा प्रतिबन्धित औषधिसहित ईभी कार नियन्त्रणमा

सिर्जन मिडिया
२०८३/०४/२५
View Updating
लाइभ: १२ पढ्दैछन्
कचनकवलमा प्रतिबन्धित औषधिसहित ईभी कार नियन्त्रणमा

झापा । दक्षिणी झापाको कचनकवलबाट भारतबाट भन्सार छली ल्याइँदै गरेको प्रतिबन्धित भारतीय ब्रान्डका औषधिसहित एउटा ईभी कार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले कचनकवल गाउँपालिका–३ बगानमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको ईभी कारलाई शंकास्पद अवस्थामा जाँच गरेको थियो। प्रहरीलाई देखेपछि चालक तथा सम्बन्धित व्यक्ति गाडी र सामान छाडेर फरार भएको जनाइएको छ।

कारभित्र विभिन्न प्रकारका ५ कार्टुन औषधि फेला परेको थियो। बरामद औषधिको भन्सार मूल्य रु. ९ लाख ६७ हजार ३९० र कारको मूल्य रु. २१ लाख ५० हजार गरी कुल रु. ३१ लाख १७ हजार ३९० बराबरको सामान तथा सवारी साधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद औषधि र कारलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइएको छ।

यसैबीच, मेचीनगर–७ जोरसिमल र मेचीनगर–६ भन्सार ढाट क्षेत्रमा पनि चेकजाँचका क्रममा भारतबाट भन्सार छली ल्याइएका किराना सामान, लत्ताकपडा तथा प्रदेश १–०१–००२ ह ६७९६ नम्बरको सिटी सफारी नियन्त्रणमा लिइएको छ।

उक्त सामान तथा सिटी सफारीको भन्सार मूल्य रु. ४ लाख ५५ हजार ७७५ रहेको र आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्