जहदा–७ को ढोरोङ टोलमा घर फोडेर गरगहना, नगद र मोबाइल चोरी

सिर्जन मिडिया
२०८३/०४/३१
२०० Views
लाइभ: १२ पढ्दैछन्
जहदा–७ को ढोरोङ टोलमा घर फोडेर गरगहना, नगद र मोबाइल चोरी

शिव हास्दा

झापा। जहदा गाउँपालिका–७ स्थित सन्थाल बस्ती ढोरोङ टोलमा चोरी भएको छ। झोलुङ्गे पुलदेखि तरिगामा जाने बाटोमा करिब ५० मिटरको दूरीमा, बाटोको पूर्वपट्टि रहेको एक घरमा चोरी भएको हो।

घरमा रहेको बाकसबाट गरगहना, नगद पैसा तथा मोबाइलसमेत चोरी भएको बताइएको छ। स्थानीयका अनुसार यस क्षेत्रमा यसअघि पनि चोरीका घटना हुने गरेका थिए। केही समय रोकिएको यस्तो समस्या फेरि दोहोरिन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

बस्तीमा चोरीका घटना बढ्दै जाँदा स्थानीयको सुरक्षामाथि प्रश्न उठेको छ। यस्ता घटना नियन्त्रण गर्न प्रहरी प्रशासन, वडा कार्यालय तथा सम्बन्धित निकायले तत्काल ध्यान दिई सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने स्थानीयको माग छ।

चोरीमा संलग्न व्यक्तिको खोजी गरी आवश्यक कानुनी कारबाही गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण होस्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्