काठमाडौंको गोठाटारमा भीषण आगलागी, फर्निचर पसलसहित व्यापारिक टहरा जले

झापा । काठमाडौंको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारीअनुसार राति करिब ९:१५ बजे ट्रान्समिटरबाट आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदा फर्निचर पसलसहित केही व्यापारिक टहरा जलेर क्षति पुगेको छ।
आगलागीको खबर प्राप्त हुनासाथ दमकल, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय घटनास्थलमा परिचालन भएका थिए। करिब ९:३५ बजेदेखि आगो नियन्त्रणको प्रयास सुरु गरिएको जनाइएको छ।
घटनामा भएको क्षतिको पूर्ण विवरण तथा आगलागीको कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
