मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

सिर्जन मिडिया
२०८३/०५/०९
View Updating
लाइभ: १२ पढ्दैछन्
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

मोहम्मद जयन्तीको अवसरमा सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि भदौ १० गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै मुस्लिम आयोगबाट २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि उक्त दिन मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार २०८२ साल फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ।

गृह मन्त्रालयले मोहम्मद जयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना समेत व्यक्त गरेको छ।

नोट: यो बिदा मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुनेछ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्