मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

सिर्जन मिडिया
२०८३/०४/३०
५० Views
लाइभ: १२ पढ्दैछन्
मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

झापा। मोरङमा शनिबार छुट्टाछुट्टै स्थानबाट दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारी नगरपालिका–८ र केराबारी गाउँपालिका–९ मा उनीहरूका शव भेटिएका हुन्।

उर्लाबारी–८ सिर्जना टोलस्थित धानखेतमा ६२ वर्षीय पञ्जावसिंह लिम्बु मृत फेला परेका हुन्। झापाको दमक नगरपालिका–१० निवासी लिम्बु खेतमा जमेको पानीमा उतानो अवस्थामा भेटिएका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी राजघाट र इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, केराबारी गाउँपालिका–९ बेलचौरीस्थित एक फलैँचामा ७० वर्षीय घनबहादुर तामाङ मृत फेला परेका छन्। बिहान उनी मृत अवस्थामा रहेको सूचना पाएपछि अस्थायी प्रहरी पोस्ट भलुवा र इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक मुचुल्कासहितको प्रक्रिया पूरा गरी तामाङको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

दुवै घटनामा मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको प्रकृति र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्