दमकमा ६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थ बरामद, युवक पक्राउ

झापा — दमकमा प्रहरीले लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–२ निवासी २९ वर्षीय सन्तोष थापा रहेका छन्।
घरमै लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले साउन २६ गते राति करिब ९ बजे थापाको कोठामा छापा मारेको थियो।
खानतलासीका क्रममा विभिन्न साना प्लास्टिकका पोकामा लुकाइराखिएको अवस्थामा प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले थापाको कोठाबाट लागुऔषध तौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजु र १४ हजार ५ सय रुपैयाँ नगद समेत बरामद गरेको छ।
लागुऔषध तथा अन्य सामग्रीसहित पक्राउ परेका थापालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
