हल्दीबारीमा लक्षित वर्गका लागि प्रविधि तथा सामग्री हस्तान्तरण

सिर्जन मिडिया
२०८३/०४/१३
View Updating
लाइभ: १२ पढ्दैछन्
हल्दीबारीमा लक्षित वर्गका लागि प्रविधि तथा सामग्री हस्तान्तरण

झापा । हल्दीबारी गाउँपालिकाले लक्षित वर्गको आयआर्जन तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न प्रविधि तथा सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा दलित, आदिवासी जनजाति तथा लोपोन्मुख जातिका विद्यार्थी, दलित समुदायका लाभग्राही तथा अपाङ्गता भएका व्यक्ति र परिवारलाई लक्षित गरी विभिन्न सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा दलित, आदिवासी जनजाति तथा लोपोन्मुख जाति अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का उत्कृष्ट अंक प्राप्त गर्ने १४ जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ। उक्त कार्यक्रमको कुल लागत रु. १ लाख ९६ हजार रहेको छ ।

त्यस्तै, दलित वर्गका ७ जना लाभग्राहीलाई आरनसम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ। यस कार्यक्रमको कुल लागत रु. १ लाख १२ हजार रहेको जनाइएको छ।

यसैगरी, सीपमूलक तालिम प्राप्त गरी व्यवसाय सञ्चालन गर्दै आएका अपाङ्गता भएका व्यक्ति तथा परिवारका ८ जना लाभग्राहीलाई व्यवसाय प्रवर्द्धन सामग्री प्रदान गरिएको छ । उनीहरुलाई ३ वटा ठेला, ८ वटा सिलाई मेसिन, २ वटा डिजिटल काँटा र १५ वटा साबुन बनाउने फर्मा हस्तान्तरण गरिएको हो। यस कार्यक्रमको कुल लागत रु. ३ लाख ३५ हजार रहेको छ ।

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि माननीय गोपाल गजमेर, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत श्री मान बहादुर बन (महेन्द्र), वडा नं. १ का अध्यक्ष देवीबहादुर थापा, वडा नं. २ का अध्यक्ष सुकलाल राजवंशी र वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापा कार्यपालिका सदस्यहरु रुपा रसाइली, सुस्मा महरा, भगिरथा दाहाल लगायतका अन्य जनप्रतिनिधि, कर्मचारी, लाभग्राही तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले लक्षित वर्गलाई आत्मनिर्भर बनाउन सीप, प्रविधि र आवश्यक सामग्री उपलब्ध गराउने यस्ता कार्यक्रमले उनीहरुको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए । गाउँपालिकाले लक्षित समुदायको आर्थिक तथा सामाजिक विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रमको सञ्चालन योजना तथा सामाजिक बिकास शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्