सिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

सिर्जन मिडिया
२०८३/०५/०३
View Updating
लाइभ: १२ पढ्दैछन्
सिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

बारा । बाराको जितपुरसिमरा क्षेत्रमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ भक्तिनगरस्थित एक घरको खाली कोठामा बालिका मृत अवस्थामा रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट थप प्रहरी टोली परिचालन गरी घटनाको अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीका अनुसार मृतक बालिका जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी हुन्। उनी साउन ३१ गते बिहानदेखि घरबाट हराएकी थिइन्।

प्रारम्भिक अनुसन्धानअनुसार म्याजिकका सहचालक जितपुरसिमरा–२ का करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने बहानामा फकाएर घटनास्थलमा पुर्‍याएका थिए। त्यहाँ जबर्जस्ती करणी गरेपछि बालिकाको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा र म्याजिकका धनी जितपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी गरिएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्