पत्रकार किशोर श्रेष्ठ पक्राउ

सिर्जन मिडिया
२०८३/०४/२७
View Updating
लाइभ: १२ पढ्दैछन्
पत्रकार किशोर श्रेष्ठ पक्राउ

झापा । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ।

ललितपुरस्थित निवास नजिकबाट श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो।

श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको थियो। उनी जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।

श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन भइरहेको भनिएको तस्बिर सार्वजनिक गरेको आरोप लागेको छ। उक्त तस्बिर सार्वजनिक भएपछि युवतीले आफ्नो व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन्।

यता, ती युवतीले भिडियो सन्देशमार्फत आफू र सांसद चौधरीसँग सम्बन्धित तस्बिर गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको दाबी गरेकी छन्। उनले सार्वजनिक भएको सामग्रीमा कुनै सत्यता नभएको बताएकी छन्।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्