नेपाल सन्थाल आदिवासी उत्थान संघको केन्द्रीय अधिवेशन असोजमा गर्ने तयारी

सिर्जन मिडिया
२०८३/०४/२६
View Updating
लाइभ: १२ पढ्दैछन्
नेपाल सन्थाल आदिवासी उत्थान संघको केन्द्रीय अधिवेशन असोजमा गर्ने तयारी

शिव हास्दा

झापा। नेपाल सन्थाल आदिवासी उत्थान संघले संस्थाका विगतका तथा हाल सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूको समीक्षा गर्दै आर्थिक हिसाब–किताब व्यवस्थित गर्ने भएको छ। संस्थाको आर्थिक तथा प्रशासनिक अवस्थालाई पारदर्शी र व्यवस्थित बनाउन आवश्यक लेखापरीक्षण (अडिट) सम्पन्न गर्ने निर्णयसमेत गरिएको छ।

संघले आगामी शनिबार ३० गते बैठक बोलाई संस्थाका नयाँ तथा पुराना कार्यक्रम, आर्थिक हिसाब–किताब, आगामी कार्ययोजना तथा अधिवेशनका विषयमा विस्तृत छलफल गर्ने जनाएको छ। बैठकबाट पालिका, जिल्ला हुँदै केन्द्रीय तहसम्मका अधिवेशन सम्पन्न गर्ने कार्यतालिकालाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ।

संघका अध्यक्षका अनुसार संस्थाका विभिन्न समितिमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय बनाउँदै पालिका तहका अधिवेशनहरू भदौ १ गतेसम्म सम्पन्न गर्न दुईवटै जिल्लाका सभापतिलाई आवश्यक निर्देशन दिइनेछ। पालिका तहको अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाइने बताइएको छ।

पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न गरी आगामी असोज महिनामा, दशैंअघि नै नेपाल सन्थाल आदिवासी उत्थान संघको केन्द्रीय अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। केन्द्रीय अधिवेशनमार्फत नयाँ केन्द्रीय समिति चयन गरी संस्थाको आगामी नेतृत्व तथा जिम्मेवारी नयाँ समितिलाई हस्तान्तरण गरिने अध्यक्षले बताउनुभएको छ।

संघले अधिवेशनलाई समयमै सम्पन्न गर्दै संस्थालाई थप व्यवस्थित, सक्रिय र पारदर्शी रूपमा अगाडि बढाउने उद्देश्य राखेको जनाएको छ। साथै, विगतका काम तथा कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा सन्थाल समुदायको उत्थान, अधिकार र हितका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको बताइएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्