सुर्तीजन्य तथा मदिराजन्य पदार्थ नियन्त्रणमा कानुन कार्यान्वयनको माग

सिर्जन मिडिया
२०८३/०५/०९
View Updating
लाइभ: १२ पढ्दैछन्
सुर्तीजन्य तथा मदिराजन्य पदार्थ नियन्त्रणमा कानुन कार्यान्वयनको माग

चेतना नेपालले सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमनसम्बन्धी विद्यमान कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।

चेतना नेपालका अनुसार सुर्तीजन्य तथा मदिराजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हुनुका साथै बालबालिका तथा युवालाई दुर्व्यसनतर्फ लैजाने प्रारम्भिक माध्यम बन्न सक्छन्। त्यसैले यस्ता पदार्थको बिक्री–वितरण र सेवनलाई कानुनअनुसार कडाइका साथ नियमन गर्न आवश्यक छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०६८ तथा निर्देशिका २०७१ अनुसार सार्वजनिक स्थान, कार्यालय, अस्पताल, मठमन्दिर तथा विद्यालयलगायत संवेदनशील क्षेत्रको आसपास सुर्तीजन्य पदार्थको बिक्री तथा सेवनमा प्रतिबन्धको व्यवस्था छ। बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वा निःशुल्क वितरण गर्न समेत निषेध गरिएको छ।

त्यस्तै, मदिरासम्बन्धी कानुनले तोकिएको उमेरभन्दा कमका व्यक्ति तथा गर्भवती महिलालाई मदिरा बिक्री गर्न, मातेको व्यक्तिलाई मदिरा बेच्न तथा तोकिएको समयबाहेक बिक्री–वितरण गर्न रोक लगाएको छ। मदिराको प्रचार–प्रसार तथा बालबालिकालाई मदिरा सेवन गर्ने स्थानमा प्रवेश गराउने विषयमा समेत कानुनी प्रतिबन्ध रहेको चेतना नेपालले जनाएको छ।

कानुन बनाइएपछि त्यसको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र जनचेतना आवश्यक रहेको भन्दै चेतना नेपालले जिल्ला प्रशासन, स्थानीय तह, आन्तरिक राजस्व कार्यालय तथा सुरक्षा निकायबीच समन्वय हुनुपर्नेमा जोड दिएको छ।

चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओलीले बालबालिकालाई दुर्व्यसनबाट जोगाउन र स्वस्थ समाज निर्माण गर्न कानुन कार्यान्वयनसँगै नागरिक समाज, राजनीतिक दल तथा सम्बन्धित निकाय सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्।

इन्द्रप्रसाद ओली

अध्यक्ष/प्रमुख प्रशिक्षक

चेतना नेपाल, परामर्श केन्द्र, बिर्तामोड–४, झापा

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्